SUN DOWN liquor SHOP

Call Directions Contact the business

SUN DOWN liquor SHOP A shop where you can get all the Alcoholic Products at reasonable price

दशैँको जमराले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। ठूलाबडाको आशीर्वाद र परिवारको मायाले सबैको जीवन सुन्दर बनोस...
11/10/2026

दशैँको जमराले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। ठूलाबडाको आशीर्वाद र परिवारको मायाले सबैको जीवन सुन्दर बनोस्।
घटस्थापनाको शुभकामना

पितृहरूको सम्झना, श्रद्धा र सम्मान गर्दै मनाइने सोह्रश्राद्ध आज समापन भएको छ।हाम्रा दिवंगत पितृहरूको आत्माले शान्ति प्रा...
10/10/2026

पितृहरूको सम्झना, श्रद्धा र सम्मान गर्दै मनाइने सोह्रश्राद्ध आज समापन भएको छ।

हाम्रा दिवंगत पितृहरूको आत्माले शान्ति प्राप्त गरून्। उहाँहरूको आशीर्वाद सधैँ हाम्रो परिवारमा रहिरहोस्।

पितृहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा कोटि-कोटि नमन।

हामीबाट टाढा भए पनिहाम्रा प्रियजनहरूको सम्झना कहिल्यै टाढा हुँदैन। उहाँहरूले छोडेर जानुभएको माया, संस्कार र सम्झनाहरू नै...
27/09/2026

हामीबाट टाढा भए पनि
हाम्रा प्रियजनहरूको सम्झना कहिल्यै टाढा हुँदैन।

उहाँहरूले छोडेर जानुभएको माया, संस्कार र सम्झनाहरू नै
हाम्रो जीवनमा उहाँहरूको अमूल्य उपहार हुन्।

सोह्रश्राद्धको यस पवित्र अवसरमा
हाम्रा दिवंगत पितृजनप्रति श्रद्धापूर्वक नमन।

उहाँहरूको आत्माले चिरशान्ति प्राप्त गरून्।
सम्पूर्णमा सोह्रश्राद्धको हार्दिक श्रद्धासुमन।

लाखेको तालमा बज्ने  बाजा,कुमारीको रथसँगै अघि बढ्ने भीड,पुलुकिसी(सेतो हात्ती) को रमाइलो र बस्तीभरि गुञ्जिने परम्परागत धुन...
25/09/2026

लाखेको तालमा बज्ने बाजा,
कुमारीको रथसँगै अघि बढ्ने भीड,
पुलुकिसी(सेतो हात्ती) को रमाइलो र बस्तीभरि गुञ्जिने परम्परागत धुन…
यी सबैभित्र वर्षौँ पुरानो एउटा कथा लुकेको छ। ❤️

इन्द्र आफ्नी आमाका लागि पारिजातको फूल खोज्दै काठमाडौं आएका थिए भन्ने किंवदन्तीदेखि सुरु भएको यो पर्व आज पनि पुस्तौँदेखि पुस्तासम्म निरन्तर छ।

समय बदलियो, शहर ढाचा बदलियो,
तर संस्कृति अझै उस्तै छ—
जसले हामीलाई हाम्रो इतिहाससँग जोडिरहेको छ।
यही त हो काठमाडौंको सुन्दरता,
जहाँ गल्लीहरूमा पनि इतिहास समय समयमा झल्काइरहेको र सम्झाइरहेको हुन्छ ।

इन्द्रजात्राको सम्पूर्णमा हार्दिक शुभकामना।

संविधानले दिएको अधिकारको सम्मान गर्दै कर्तव्यप्रति पनि उत्तिकै जिम्मेवार बनौँ।समुन्नत, समृद्ध र सुन्दर नेपाल निर्माणको य...
19/09/2026

संविधानले दिएको अधिकारको सम्मान गर्दै कर्तव्यप्रति पनि उत्तिकै जिम्मेवार बनौँ।
समुन्नत, समृद्ध र सुन्दर नेपाल निर्माणको यात्रामा सबैको साथ र योगदान रहोस्।

संविधान दिवसको हार्दिक शुभकामना। 🇳🇵

#संविधानदिवस #समृद्धनेपाल #नेपाल

भगवान विश्वकर्माको कृपाले हरेक कर्ममा सफलता, हरेक प्रयासमा प्रगति र हरेक यात्रामा सुरक्षित साथ मिलोस्।मेहनतले सार्थकता प...
17/09/2026

भगवान विश्वकर्माको कृपाले हरेक कर्ममा सफलता, हरेक प्रयासमा प्रगति र हरेक यात्रामा सुरक्षित साथ मिलोस्।
मेहनतले सार्थकता पाओस्, कर्मले नयाँ अवसरहरू सिर्जना गरोस् र जीवनमा सुख, शान्ति तथा समृद्धि छाओस्।

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!

#विश्वकर्मापूजा #शुभकामना

हिन्दु नारीको भावना, प्रेम, समर्पण, आत्मीयता र स्वतन्त्रताको उत्सव, हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण नारीवर्गहरुमा धे...
14/09/2026

हिन्दु नारीको भावना, प्रेम, समर्पण, आत्मीयता र स्वतन्त्रताको उत्सव, हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण नारीवर्गहरुमा धेरै धेरै शुभकामना।

बुबा....हामीले मागेका हरेक कुरा पूरा गर्न खोज्ने बुबालेआफ्ना कति रहरहरू अधुरा राख्नुभयो होला,हाम्रो भविष्य राम्रो होस् भ...
11/09/2026

बुबा....

हामीले मागेका हरेक कुरा पूरा गर्न खोज्ने बुबाले
आफ्ना कति रहरहरू अधुरा राख्नुभयो होला,
हाम्रो भविष्य राम्रो होस् भनेर
आफ्नो आज कति पटक बिर्सनुभयो होला।

हामी सानो हुँदा हाम्रो औँला समाएर हिँड्न सिकाउने बुबा,
आज हामी ठूला हुँदा पनि
हरेक पाइला सही बाटोमा परोस् भनेर
टाढैबाट हाम्रो बाटो हेरिरहनुहुन्छ।

बुबाको माया धेरैपटक शब्दमा व्यक्त हुँदैन,
उहाँले ‘माया गर्छु’ भन्नुहुन्न,
तर हरेक जिम्मेवारीभित्र,
हरेक त्यागभित्र र
हाम्रो सफलतामा देखिने त्यो मुस्कानभित्र
उहाँको अथाह माया लुकेको हुन्छ।
बुबा, तपाईंले हाम्रो लागि गर्नुभएको हरेक त्याग र संघर्षका लागि धन्यवाद।
तपाईं हुनुहुन्छ, त्यसैले हाम्रो संसार अझै पूर्ण छ। ❤️

कुशे औँसीको हार्दिक शुभकामना, सम्पूर्ण बुबाहरूलाई।
'sday

जेनजी शहीद दिवसभाद्र २३ — त्यो कालो दिन।त्यो दिन, जुन दिन एउटा आमाले आफ्नो सन्तान गुमाएको पीडा सहनुपर्‍यो।जुन दिन एउटा श...
08/09/2026

जेनजी शहीद दिवस
भाद्र २३ — त्यो कालो दिन।
त्यो दिन, जुन दिन एउटा आमाले आफ्नो सन्तान गुमाएको पीडा सहनुपर्‍यो।
जुन दिन एउटा श्रीमतीले आफ्नो जीवनसाथी गुमाएको पीडा सहनुपर्‍यो।
जुन दिन एउटा दिदीले आफ्नो भाइ गुमाएको पीडा सहनुपर्‍यो।
र अन्ततः, त्यो दिन सिंगो देशले आफ्ना सयौँ सन्तान गुमाएको पीडा सहनुपर्‍यो।
"एउटा यस्तो दिन, जसको पीडा र सम्झना सधैँ हाम्रो मनमा जीवित रहनेछ।"

अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने भगवान् श्रीकृष्णको जन्मोत्सवको ह...
04/09/2026

अधर्ममाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने भगवान् श्रीकृष्णको जन्मोत्सवको हार्दिक शुभकामना।

Address

Jansahara Chowk, Attarkhel(Near To Liberty School)
Kathmandu

Telephone

+9779840088854

Website

Alerts

Be the first to know and let us send you an email when SUN DOWN liquor SHOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SUN DOWN liquor SHOP:

Shortcuts

Share