Hamal gems and jewellers

Call Directions Contact the business

Hamal gems and jewellers We are here to give you 100% good quality in gems and jewellery

01/10/2026
जापानि मुगा
29/09/2026

जापानि मुगा

23/09/2026

2026/09/26 Exhibition

२०८३ असोज ५ गते, सोमबार । महासंघको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग रकम हस्तान्तरण मिति २०८३ ...
22/09/2026

२०८३ असोज ५ गते, सोमबार । महासंघको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग रकम हस्तान्तरण
मिति २०८३ भदौ १० गते बिहान आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ गहिरो दुःख व्यक्त गर्दछ । यस विषम परिस्थितिमा विपद्बाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्नु हाम्रो मानवीय एवं सामाजिक दायित्व हो ।
यसै सन्दर्भमा महासंघका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू, सातै प्रदेश महासंघका अध्यक्षज्यूहरू तथा महासंघमा आबद्ध सदस्य संघका अध्यक्षज्यूहरूको सक्रिय सहभागितामा मिति २०८३ भदौ १५ गते बसेको आकस्मिक अनलाइन बैठकले विपद् प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासंघको आह्वानमा सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा आबद्ध व्यवसायी महानुभावहरूबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरी एकद्वार प्रणालीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था गरिएको हो ।
यस क्रममा व्यवसायी महानुभावहरूबाट संकलित रकममध्ये रु. ४०,०५,५५५।– (अक्षरेपीः चालिस लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) महासंघको तर्फबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको चेक नं. ३५५००८४० मार्फत महासंघद्वारा गठित संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक एवं महासचिव निर बहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यू समक्ष हस्तान्तरण गरेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशर बहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा तथा कार्यालय प्रमुख राम महर्जनका साथै महासंघमा आबद्ध सदस्य संस्था रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल र नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवाको समेत उपस्थिति रहेको थियो ।
संकलित बाँकी रकममा महासंघको कोषबाट समेत थप गरी मुख्य रूपमा यस क्षेत्रसँग सम्बन्धित विपद् प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारजनलाई उनीहरूको अवस्था तथा आवश्यकताका आधारमा प्रत्यक्ष रूपमा राहत रकम हस्तान्तरण गर्ने कार्ययोजना रहेको छ ।
विपद्को यस कठिन घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण व्यवसायी महानुभावहरू, महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू, प्रदेश महासंघहरू तथा आबद्ध सदस्य संघहरूलाई महासंघ हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
महासंघले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकहरूको सहयोग, राहत तथा पुनःस्थापनाका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वअनुसार आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ ।
- Fngsgja Nepal

21/09/2026

आज हाम्रो कालिका को पुजा हो सुम्पुन्न पालि को जयहोस 👏👏🔔🔔🌹🌹💐💐

17/09/2026

Japan Jewellery Fair 2026
Hamal gems and jewelry
Sandesh Hamal TriNetraKoDhun

Address

Kathmandu
977

Telephone

9851092938

Website

Alerts

Be the first to know and let us send you an email when Hamal gems and jewellers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamal gems and jewellers:

Shortcuts

Share